प्रधानमन्त्रीले भने– राउतको निर्णय क्षमता प्रचण्डको जस्तै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र मधेश आन्दोलनका राजनीतिज्ञ सिके राउतले एउटै मन्चबाट भाषण गरेका छन् । राउतले अखण्ड नेपाल स्वीकार गरेको यो दिन विशेष भएको प्रधानमन्त्री ओलीले दाबी गरेका छन् । 

राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मैले पुष्पकमल दाहाल प्रचण्डको जस्तै राउतमा असाधरण क्षमता देखेँ । प्रचण्डज्युले जुन निर्णय क्षमता देखाउनु भयो, त्यही मैले सिके राउतमा पनि देखेँ ।’ 

यसअघि भाषण गर्दै आफूलाई राजनीतिक स्पेस दिएकोमा राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका थिए । 






  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार १४:३०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया