विप्लव समूहलाई प्रधानमन्त्रीको सम्बाेधन– लुटेरा समूह

काठमाडौं– यसअघि विखण्डनकारी समूह भन्ने संज्ञा दिँदै आएका मधेश गठबन्धन समूहका नेता सिके राउतसँग सरकारले सम्झौता गरेपछि नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीलाई लुटेराको संज्ञा दिएका छन् । 

शुक्रबार राष्ट्रिय सभागृहमा राउत समूहसँगको सम्झौतालाई सम्बोधन गर्दै ओलीले विप्लव समूहलाई माओवादी भन्नु भन्दा लुटेरा समूह नेकपा भन्दा हुने बताएका हुन् । ‘एकातिर एउटा नेकपा, अर्कोतिर अर्को नेकपा,’ उनले भने, ‘लुटिरहने हो भने त्यो समूहले नेकपाको बर्को फ्याँक्नु पर्छ ।’

ओलीले आन्दोलनको नाम वा माओवादीको नाम लिएर अब आतंक कसैलाई पनि सह्य नहुने पनि कार्यक्रममा बताए ।
 






  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार १५:३९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया