अन्तर्राष्ट्रिय महिला दिवसमा गुगलको नयाँ डुडल

काठमाडौं– आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइन्छ । यसपटक ब्यालेन्स फर बेटर स्लोगनका साथ मनाइएको महिला दिवसलाई सर्च जाइन्ट गुगलले पनि आफ्नै ढंगले सेलिब्रेट गरेको छ । गुगलले महिला दिवसको अवसरमा विशेष डूडल बनाएको छ । गुगलले विभिन्न भाषामा समेटेर उक्त डुडल बनाएको हो । उसले पहिलो पेजमा विभिन्न भाषमा ‘महिला’ लेखिएको छ । 

उक्त डुडलको बीचमा क्लिक गर्दा अन्य १४ स्लाइड खुल्छन् । सबै स्लाइड अलग अलग भाषामा छन् । जहाँ विश्वका चर्चित महिलाको पे्ररक भनाइ राखिएको छ । 

राजनीतिक हिसाबले मनाउन सुरु गरिएको महिला दिवस पछिल्लो समय महिलाको हक र अधिकारमा केन्द्रित भएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरि अन्तिराष्ट्रिय महिला दिवस मनाइएको छ । 

यसअघि पनि गुगलले विभिन्न अवसरमा यस्तो डुडल बनाउँदै आएको छ । गत जेठ १५ मा गणतन्त्र दिवसको उपलक्ष्यमा पनि गुगलले नयाँ डुडल बनाएको थियो । उक्त डुडलमा गुगलले नेपालको झण्ड बीचमा राखेको थियो । 





  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार १५:५२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया