नेकपा छिरेपछि गधा पनि गाई हुन्छ: सामाजिक सन्जाल

काठमाडौं– शुक्रबार नेपाली मिडियामा दिनभर महिलाका विषयमा समाचार छाउने सम्भावना बढी थियो । तर, अचानक विहानै आएको एउटा समाचारले हेडलाइनहरु ऋरु नै समाचारका बने । 

बिहिबार मात्रै सर्वाेच्च अदालतले स्वतन्त्र मधेसको पक्षमा अभियान चलाइरहेका मधेश गठबन्धनका नेतृत्वकर्ता सिके राउतलाई रिहा गर्न आदेश दिएको थियो । तिनै राउतसँग शुक्रबार नेपाल सरकारले सम्झौता गर्यो । राज्य द्रोहको आरोपमा २१ असोजमा पक्राउ परेका राउतलाई जिल्ला अदालत रौतहटले २१ मंसिरमा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । 

शुक्रबार बिहानै राउत र प्रधानमन्त्री केपी शर्मा ओलिले एउटै मन्चबाट सम्बोधन गर्ने समाचार बाहिर आएपछि सामाजिक सन्जालमा यसको चर्चा सुरु भइसकेको थियो । दिउँसो भएको सम्झौता तथा सम्बोधन पछि यसले सामाजिक सन्जालमा झन् व्यापकता पाएको छ । 

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले सहमति सकारात्मक रहेको प्रतिकृया ट्विटरमा दिएका छन् । उनले लेखेका छन््, ‘अदालतले तारेखमा रिहाइ गरेको भोलिपल्ट भएको मधेसी पृथकतावादी सीके राउत र पहाडी राष्ट्रवादी नेकपा सरकार बीचको सहमति नाटकीय देखिए पनि सकारात्मक मान्नुपर्छ !’ 

उनले अगाडि लेखेका छन्, ‘बरु २ नम्बर बुँदाको असन्तुष्टीहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान भनेको जनमतसंग्रह हो कि के हो भोलि गलपासो बन्ला हौ !’

यस्तै, मधेसका नेता जेपी गुप्ता पनि यसलाई सकारात्मक रुपमा नै लिन्छन् । ‘सिके राउत अलग मधेस राष्ट्रको मागलाई परित्याग गरि संभवतः मूलधार कहलिने दलीय प्रतिस्पर्धाको राजनीतिमा आउने घोषणा गरेका छन् । सिकेको यस निर्णयलाई स्वागत गर्नेहरुको पंक्तिमा मेरो पनि स्वागत छ । पृथक मधेस राष्ट्रको माग ठिक होइन,’ उनले लेखेका छन् । 



नेपाल कम्युनिस्ट पार्टीका नेता राजन भट्टराईले पनि सिके राउतको यो कदमको स्वागत गरेका छन् । 



यस्तै, ट्विटरमा भीम उपाध्यायले सरकार र सिके राउतबीचको सहमतीबारे लेखेका छन्, ‘सरकार र सिके राउत बीच भउको ११ बुदे सहमतिलाई असल राजनीतिक पद्दति र संस्कार स्थापित भएकोमा स्वागत गर्छु ।’

अर्का ट्विटर प्रयोगकर्ता चैतेन्द्र पौडेल भने यसलाई राष्ट्रघाति सम्झौता भएको ठान्छन् । सिके राउतसँग भएको सम्झौताको फोटो सहित उनले लेखेका छन् – सिके राउत र सरकार बीच भएको ११ बँुदे सम्झौताको बुँदा नम्बर २ र १० पढेपछि सरकार जनमतसंग्रह मार्फत मधेशलाई अलग देश बनाउन राजी भएको तथ्य छर्लंग हुन्छ । विखण्डनलाई वैधता दिनेगरी गरिएको यो सम्झौता राष्टघाती सम्झौता हो । अखण्ड नेपाल चाहने हरेक नेपालीले विरोध गरौं । 

सागर नाम गरेका ट्विटर प्रयोगकर्ता पनि यो सहमतीको विरोधमा छन् । उनले लेखेका छन्, ‘सिके राउत मूलधारको राजनीतिमा सहमती हुन आएको होइन चोर बाटो छिचोल्न नसकेपछि सरकार अनि शीर्ष नेतालाई बेवकुफ बनाउँदै सिधा बाटो गन्तव्य समातेको हो ! अब यो यात्रामा ओली प्रचण्डले पनि हातेमालो गर्नेछन्, सिके राउतको गन्तव्य भनेको एक मधेस एक प्रदेश नै हो ! भ्रममा नपरौं ।’

आजको कार्यक्रममा प्रधानमन्त्री ओलीले सिके राउतको तुलना प्रचण्डसँग गरेपछि धेरैले आश्चर्य पनि जनाएका छन् । ‘प्रचण्डको तुलना सिके राउत सँग हैट प्रचण्ड को हैसियत,’ प्रतिपक्ष नामका प्रयोगकर्ताले लेखेका छन् ।

यो सहमतीबारे व्यंग्य गर्नेहरु पनि छन् । उज्जवल नामका एक प्रयोगकर्ताले ट्विट गरेका छन्, ‘फेरी आज नयाँ चटक देखाउने भए । २÷४ महिनामा सिके राउत पुरानै ठाउँमा नफर्किएलान् भन्न सकिन्न ।’ 

प्रभाकर पाण्डे पनि यो सहमतीप्रति शंका व्यक्त गरेका छन्  । उनले लेखेका छन्, ‘नेकपा झन् बिग्रने हो कि सिके राउत सुध्रने हो हेर्दै जाम !’

‘भनेसी, अब डा सिके राउत पनि खुंखार राष्ट्रवादी हुने भए हैन त ? एमाले प्रवेश पछि त गधा पनि गाइ भैहाल्छ,’ पूनम पोखरेले व्यंग्य गरेकी छिन् । 

तर, वास्तविकता चाहिँ सिके राउत नेकपामा प्रवेश गरेका चाहिँ होइनन् । 
 

  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार १९:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया