अमेरिकामा बाख्रा ‘लिंकन’ लाई किन मेयर बनाइयाे ?

एजेन्सी– अमेरिकाकाे बरमाेन्ट स्थित फेयर हेवन शहरमा एक बाख्रालाई  मेयर बनाइएकाे छ । चुनाव मेयरका लागि उक्त बाख्राविरुद्ध १५ वटा अन्य जनावर उम्मेदवार थिए र अन्तिममा तीन बर्षकाे लिंकन नामकाे याे बाख्रा शहरकाे मेयर बन्याे । अब लिंकन शहरमा हुने कार्यक्रममा चिफ गेस्ट भएर जाने र कार्यक्रमकाे उद्घाटन गर्नेछ । 

२ लाख ५० हजार जनसंख्या भएकाे याे शहरमा भएकाे मेयरकाे चुनावमा उम्मेदवार भएका १५ जनावरमध्ये अन्तिममा लिंकन र सेमी नामकाे कुकुरबीच प्रतिस्पर्धा भएकाे थियाे । 

 

फेयर हेवनमा मेयर बाख्रा भएका कारण प्रबन्धक जोसेफ गन्टरले प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्छन् । तर सबै ठूला इभेन्ट्समा लिंकनको उपस्थिति आवश्यक छ । मेयर पदमा एक वर्ष बसेपछि मेमोरियल डे परेडमा पनि यही बाख्रालाई नै प्रमुख अतिथि बनाइन्छ । बाँकी अधिकारी उसँग स्टेजमा सहभागीमात्रै हुनेछन् । 

किन बाख्रालाई मेयर बनाइयो ? 



गन्टरका अनुसार एक जनावरलाई शहरको मेयर बनाउने आइडिया उनलाई मिसिगन राज्यले दिएको थियो । जहाँ अधिकारीहरु चन्दा जुटाउन जनावरलाई अधिकारीको पद दिइरहेका थिए । यसमा गन्टरले पनि जनावरको लोकप्रियता चन्दा जुटाउन प्रयोग गर्ने फैसला गरे । 

उनले अहिलेसम्म बच्चाको खेलमैदान बनाउन १०० डलर चन्दा जुटाइसकेका छन् । गन्टरका अनुसार उनले केही समयपछि आफ्नो योजना र उद्देश्य सबैको अगाडि लैजाने र सबै शहरबासीलाई सामाजिक कार्यका लागि एकजुट गराउनेछन् । 



  • प्रकाशित मिति : फागुन २६, २०७५ आइतबार १०:१३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया