बागलुङ पुगेर गर्जिए विश्वप्रकाश– ‘ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टियो’

बागलुङ– कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टिएको टिप्पणी गरेका छन् । कांग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले सिके राउतको विखण्डनवादी जालमा प्रधानमन्त्री ओली फसेर सम्झौता गर्न बाध्य भएको बताए । 

प्रधानमन्त्रीको राष्ट्रवाद दिन–प्रतिदिन उदांगो हुँदै गएको भन्दै प्रवक्ता शर्माले भने,  ‘केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टियो । जुन विषयमा जनमतसंग्रह गर्नै सकिँदैन भन्ने संविधानमा उल्लेख छ, त्यसैमा लम्पसार पर्नुभयो ।’

कम्प्युनिस्ट दर्शन र खोक्रो राष्ट्रवादी भाषणले मात्र देश नचल्ने भन्दै शर्माले दुई–तिहाइको सरकारले ५ वर्षमा काम गरेर देखाउने समय भए पनि एक वर्षमा संकेतसम्म दिन नसकेको टिप्पणी गरे ।





  • प्रकाशित मिति : फागुन २६, २०७५ आइतबार १९:८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया