काठमाडौं– संयुक्त राष्ट्रसंघको महिलाहरुको अवस्थासम्बन्धी आयोग को ६३औँ अधिवेशनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका प्रस्थान गरेकी छिन् ।
राष्ट्रपति भण्डारी आज साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेकी हुन् । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनको बिदाइ गरे ।
राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसंघको महिलाहरुको अवस्थासम्बन्धी आयोगको ६३औँ अधिवेशनमा हुने ओमन इन पावर विषयक उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।