इथियोपियन विमान दुर्घटनाः एक नेपाली जो ‘काठमाडौंमा एउटा कामको अलमल’ले बचे
जितेन्द्र जिसीकाे फेसबुकबाट ।

काठमाडौं– आइतबार दिउँसो इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबी जानका लागि उडान भरेको बोइङ ७३७ विमान दुर्घटनामा चालक दलका ८ सदस्य र विमानमा सवार यात्रु १ सय ४९ जनाको मृत्यु भयो । 

इथियोपियन एयरलाइन्सका अनुसार दुर्घटनामा एक नेपालीको पनि मृत्यु भएको छ । 

इथियोपियामा हुन गइरहेको संयुक्त राष्ट्र संघको वातावरणीय कार्यक्रममा सहभागी हुन साझा फाउन्डेसनका अध्यक्ष जितेन्द्र जिसी पनि त्यही विमान हुँदै नैरोबी जानु पर्ने थियो । तर, उनी काठमाडौंमा केही कार्यक्रमको अलमलका कारण आफू जान पाएनन् ।

‘५ मार्च देखि कार्यक्रम सुरु भए पनि म ११ मार्च देखि कार्यक्रममा हुने थिएँ,’ जिसीले भने, ‘आज दिउँसो विमान दुर्घटनाको समाचारपछि टिकट हेरेँ र झसंग पो भएँ, ओहो बाँच्न लेखेको रहेछ जस्तो लाग्यो ।’

आफूलाई आयोजकले रातीको विमान आउनु भनिरहँदा पनि दिउँसो त्यो ठाउँ अवलोकन गर्न पाउने रहरले स्थानीय समयअनुसार ११ बजेको टिकट काटेको जिसीले फरक धारसँग बताए । ‘खासमा यहाँ एउटा विशेष काममा लागिरहेको थिएँ, अन्तिम समयमा आयोजकलाई म बिरामी भएँ भनेर गइनँ,’ उनले भने, ‘कार्यक्रममा मैले एउटा प्रस्तुति पनि दिने कुरा थियो । सिद्धान्ततः अन्तिम समयमा बिरामी भएँ भनेँ, जुन गलत हो तर बाँच्न लेखेको रहेछ ।’

दिउँसो विमान दुर्घटनाको समाचार आएपछि टिकट नम्बर र फ्लाइट नम्बर हेर्दा आफू झसङ्ग भएको जिसी बताउँछन् । 
यसअघि तय भएअनुसार जिसी शनिबार काठमाडौं विमानस्थलबाट उडेको भए मुम्बई हुँदै आइतबार बिहान अदिस अबाबाबाट उडान भरेको केही मिनेटमा नै दुर्घटनामा परेको विमानमा हुन्थे । 



जिसीले यसअघि आफू कार्यक्रममा जान पर्ने तर नगएको कुरा पनि साथीहरुसँग च्याटमा सेयर गरेका छन् । 

आइतबार राती उनले फेसबुकमा स्टाटस लेखेका पनि छन्ः
 




  • प्रकाशित मिति : फागुन २७, २०७५ साेमबार ०:३३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया