इथियोपियन विमान दुर्घटनाः मृत्यु हुने नेपाली एकता अधिकारी
एकताकाे फेसबुकबाट ।

काठमाडौं– आइतबार दिउँसो इथियोपियको अदिस अबाबाबाट उडान भरेको बोइङ केही मिनेटमा नै क्र्यास भयो । प्रत्यक्षदर्शीले विमानमा आगो लागेको देखेको बताएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले लेखेका छन् । १४९ यात्रु र ८ चालक दलका सदस्य सवार यो विमानमा एक नेपाली पनि रहेको इथियोपियन एयरलाइन्सले जनाएको छ । 

विमानमा रहेकी नेपालीको पहिचान खुलेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । गोरखा घर भइ हाल इथियोपियामा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)मा कार्यरत एकता अधिकारीको दुर्घटनामा मृत्यु भएको खुल्न आएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले आइतबार अबेर राती फरक धारसँगको कुराकानीमा बताए । 

एकताको फेसबुकलाई आधार मान्ने हो भने उनी अहिले इथियोपियामा डब्लूएफपीको सूचना व्यवस्थापन अधिकारीका रुपमा कार्यरत थिइन् । यसअघि उनी पपुआ न्यु गिनीमा पनि डब्लूएफपीमा नै कार्यरत थिइन् । डिसेम्बरमा उनले नयाँ जिम्मेवारी सम्हालेकी थिइन् । 

एकताले बेलायतमा आफ्नो अध्ययन पूरा गरेकी थिइन् ।






  • प्रकाशित मिति : फागुन २७, २०७५ साेमबार ०:५६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया