ओलीले गरेको सिके राउतसँगको तुलनाबाट प्रचण्ड असन्तुष्ट

काठमाडौं– केही दिनअघि राष्ट्रिय सभा गृहमा मधेश गठबन्धनसँग सम्झौता हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनका अध्यक्ष सिके राउत र नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच तुलना गरे । 

कार्यक्रममा ओलीले निर्णय क्षमतामा प्रचण्ड र सिके राउतको समानता भेटेको बताएका थिए । उनले यस्तो तुलना गरिरहँदा कार्यक्रममा प्रचण्ड मुस्काइरहेका थिए । त्यहाँ सिके राउत पनि केपी ओलीको प्रशंसा सुनेर मुस्कुराए । 

तर, अब प्रचण्डले यो तुलना आफूलाई मन नपरेको बताउन थालेका छन् । सोमबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूलाई अर्का अध्यक्ष ओलीले गरेको तुलना ‘ठिक नलागेको’ बताएका हुन् । यसअघि पनि तराईमा भाषणको क्रममा ओलीले आफ्नो क्षमताको प्रशंसा गरेको प्रसङ्ग पनि प्रचण्डले सम्झिए । 

‘त्यो योजनाबद्ध थिएन,’ प्रचण्डले सोमबार भने, ‘तर, त्यहाँ पनि त्यो नभनेको भए हुने थियो ।’ उनले तुलनाहरु लंगडो हुने बताउँदै यो तुलना नगरेको भए हुने तर गर्दा पनि ठूलो केही नबिग्रेको बताए । 





  • प्रकाशित मिति : फागुन २७, २०७५ साेमबार १३:३१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया