श्रममन्त्री विष्टको बुटवल श्रम कार्यालयमा छड्के

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बुटवलमा रहेको श्रम तथा रोजगार कार्यलयमा आकस्मिक निरीक्षण गर्न पुगेका छन् । सोमबार कार्यालयमा पुगेका विष्ट बुटवल सामाजिक सुरक्षा योजना सम्बन्धी कार्यक्रमका लागि पुगेका थिए । 

वैदेशिक रोजगारमा जाने कामदारहरुको श्रम स्वीकृति १५ पुसदेखि बुटवलको श्रम तथा रोजगार कार्यलयबाट दिन सुरु गरिएको थियो । श्रम स्वीकृति लिन पाइने भएपछि कार्यलयमा सेवाग्राहीको भीड बढिरहेको छ ।

निरीक्षण पश्चात सेवाग्राहीको सुविधाको लागि तत्कालै कार्यालय सार्न मन्त्री विष्टले निर्देशन दिएका छन् । कार्यालयमा कर्मचारीको अभाव भएको भन्दै कार्यालयको गुनासो समाधान गर्न पनि उनले निर्देशन दिएका छन् ।





  • प्रकाशित मिति : फागुन २७, २०७५ साेमबार १५:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया