logo-img

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आजका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पटकपटक अवरोधपछि स्थगित संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।     

एमालेले अवरोध नगरे प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू जानकारी गराउने सम्भावित कार्यसूची छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेसहितको कार्यसूची छ ।



त्यस्तै, प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी पनि गराउने छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी थुनामा छन् । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यअवधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ कोदफा ४२ कोउपदफा (२) बमोजिम सदन समक्ष पेस गर्ने कार्यक्रम छ ।  



प्रमुख प्रतिपक्षी एमाले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै १० साउनदेखि संघीय संसद अवरुद्ध गर्दै आएको छ ।         



  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार ९:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया