राउतसँगको सहमति प्रस्ट पार्नु आवश्यक छ: बाबुराम भट्टराई

एजेन्सी– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताएका छन् ।

राजविराज विमानस्थलमा पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताए । 

उनले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि गरेको गतिविधिले शङ्का गर्ने ठाउँ रहेको उल्लेख गरे ।

संविधानअनुसार स्वाधीनता, राष्ट्रिय अखण्डता र जनतामा निहीत सार्वभौमसत्तााई परिवर्तन गर्न नसकिने बताउँदै उनले भने, ‘यसमा जनमत सङ्ग्रह हुन सक्दैन ।भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताए । 






  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार ७:५७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया