अनन्त हेगडे पटक पटक किन खाेज्छन राहुल गान्धीको डिएनए ?

एजेन्सी– सत्ताधारी भारतीय जनता पार्टीका नेता र मोदी सरकारका विकास राज्यमन्त्री अनन्त हेगडे फेरि एक विवादास्पद भनाइका कारण चर्चामा आएका छन् । 

उनले कांग्रेस प्रमुख राहुल गान्धीको डिएनए प्रमाण मागेका छन् । राहुल कुन व‌ंशका हुन् भनेर पत्ता लगाउन भन्दै डिएनए प्रमाण मागेका हुन् । 

हेगडे बालाकोटको एयर स्ट्राइकको प्रमाण मागिरहेकाहरुप्रति रिसाएका थिए । यसपछि उनले यस्ताे प्रतिक्रिया दिएका हुन् । हेगडेले भनेका छन्, प्रमाण उनीहरुसँग माग्नुहोस, जो मुसलमानका छोरा हुन् र गान्धीको थर राखेका छन्, र आफूलाई आफूले ब्राह्मण भन्छन् ।’ 

उत्तर कन्नड जिल्लामा करवर लोकसभा क्षेत्रमा एक सभालाई सम्बोधन गर्दै हेगडे भने ‘के उनीसँग प्रमाण मागिएको छ ? एक मुस्लिम पिता र इसाई आमाबाट जन्मिएको । के उनले प्रमाण दिन्छन् ? ’

राहुल गान्धीलाई अनन्त हेगडेले मुसलमानका सन्तान भनेको यो पहिलोपटक भने होइन् । पछिल्लो वर्ष कर्नाटकको विधानसभा चुनावका क्रममा हेगडेले यस्तै अभिव्यक्ति दिएका थिए । यो पटक पनि हेगडले राहुलसँग डिएनए प्रमाण मागेका छन् । 

कर्नाटक बिजेपीले हेगडेको भनाइप्रति असन्तुष्टि जनाएको छ । कर्नाटक बिजेपीका अनुसार उनीहरु यस्तो भनाइप्रति सहमत छैनन् । बिजेपीका महासचिव एनरवि कुमारले भने ‘हामी कर्नाटकका मन्त्री एचडी रावन्नाको भनाइलाई पनि गलत मान्छौं र अनन्तले दिएको अभिव्यक्तिप्रति पनि सहमत छैनौं ।’



रावन्नाले दुई दिन अगाडि सुमालताको बारेमा टिप्पणी गरेका थिए । सुमालता कन्नड फिल्मका दिवंगत अभिनेता तथा पूर्व मन्त्री एमएच अंबरिसकी श्रीमती हुन् । 

‘सुमालता मान्ड्या कांग्रेसबाट चुनावको लागि टिकट चाहन्छिन् ।’ रावन्नाले भने ‘सुमालताका श्रीमान्को निधन भएको एक महिना पनि भएको छैन्, तर उनी चुनावको टिकट खोजिरहेकी छन् ।’



कर्नाटकका मुख्यमन्त्री एचडी कुमारस्वामीले आफ्ना भाइ एचडी रावन्नाको टिप्पणीका लागि माफी मागेका छन् । एचडी रावन्नाले माफी माग्न अस्वीकार गरेपछि उनले भाइको तर्फबाट माफी मागेका हुन् । 
 

  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार ८:४८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया