चाइल्ड पोर्न क्लिप हेर्ने भारतीय पाइलट अमेरिकामा पक्राउ

एजेन्सी– सान फ्रान्सिस्को गएको एयर इन्डिया फ्लाइटका पाइलटलाई फेडरल ब्युरो अफ इन्भेस्टिगेसनका अफिसरले एयरपोर्टबाट गिरफ्तार गरेका छन् ।

चाइल्ड पोर्न क्लिप डाउनलोड गरेको भन्दै उनलाई गिरफ्तार गरिएको हो । उक्त फ्लाइट दिल्लीबाट अमेरिकाका लागि गरिएको थियो । 

अमेरिका पुग्नासाथ एफबिआइले पाइलटलाई जबरजस्ती विमानबाट बाहिर उतारेर यात्रुहरुकै अगाडि हतकडी लगाइदिए ।  

न्यूज एजेन्सीका अनुसार एफबिआइले चाइल्ड पोर्न क्लिप डाउनलोड गरेको आरोपमा पाइलटको पासपोर्ट जफत गरेका छन् । भिजा रद्द गरेर पाइलटलाई दिल्ली फिर्ता गरेको छ । 

अमेरिकामा चाइल्ड पोर्नोग्राफीलाई गम्भीर अपराध मानिन्छ । युनाइटेड स्टेट्स कोडको टाइटल १८ अन्तर्गत सेक्सशन २२५६ मा चाइल्ड पोर्न क्लिप हेर्नु अपराध मानिन्छ । 

भारतीय पाइलट केही समयदेखि एफबिआइको निाशानामा थिए । एजेन्सीले लगातार ती पाइलटमाथि नजर राखेको थियो । सोमबार फ्लाइट सान फ्रान्सिस्को पुगेपछि एजेन्सीले आफ्नो कानुनअनुसार कारबाही गरेको हो । 





  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार १३:६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया