मन्त्रिमण्डल पुनर्गठनबारे दुई अध्यक्षबीच छलफल

काठमाडाैं– नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षबीच मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मंगलबार बिहान सो विषयमा कुराकानी भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका छन् ।  

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले भने, ‘यस विषयमा बिहान प्रधानमन्त्रीसँग कुरा भएको छ, सल्लाह गरेर केही हेरफेर गरौँला भन्नुभएको छ, तर मैले तपाईंले मूल्यांकन गरेर निर्णय लिनुस् भनेको छु।’

सरकार र सिके राउतबीच सकारात्मक सम्झौता भएको उल्लेख गर्दै दाहालले त्यसबारे शंका गर्न नहुने बताए । अध्यक्ष दाहालले सरकारले गरेको सम्झौताले संविधानको सर्वस्वीकार्य बनाउन मद्दत पुगेको र राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि सकारात्मक भएको दाबी गरे ।

सम्झौताका विषयमा पार्टीभित्र उठेका विवाद पार्टीभित्रै व्यवस्थापन गर्ने उल्लेख गर्दै दाहालले भने, ‘यस विषयमा बाहिर नबोल्दा राम्रो हुन्छ।’  

राजनीतिक मूलधारबाहिर पृथकतावादी आन्दोलनमा संलग्न संगठन तथा समूहलाई मूलधारमा ल्याउन पार्टी र सरकार दुवै लागिपरेको उनको भनाइ थियो ।





  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार १५:५१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया