निर्वाचनको मुखैमा आएर मोदीले भने– गान्धी कांग्रेस भंग होस् भन्ने चाहन्थे

एजेन्सी– पछिल्ला केही दिनयता भारतमा लोकसभा निर्वाचनको माहोल निकै तातेको छ । नेताहरु एकअर्कालाई आरोपप्रत्यारोपमा व्यस्त छन् । यही अवसरमा दान्डी मार्च भएको ८९ वर्ष पुगेको सन्दर्भ पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीवादको उल्टो विचार राख्ने भारतीय कांग्रेसको संस्कृति भएको आरोप लगाएका छन्  ।

उनले एउटा ब्लग लेख्दै महात्मा गान्धीले त भारतीय कांग्रेसको विघटन होस् भन्ने चाहेको कुरा उल्लेख गरेका छन् । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि गान्धीको यो चाहना बाहिर आएको मोदीले उल्लेख गरेका छन् । उनले अब आफ्नो सरकारले गान्धीको बाटो लिएको र देशलाई कांग्रेस मुक्त बनाउने पनि उक्त ब्लगमा लेखेका छन् । 

मोदीले गान्धीले असमानता तथा जातीय विभेदको विरोध गरेको तर अहिलेको कांग्रेसले नै त्यसलाई बढावा दिइरहेको पनि उल्लेख गरेका छन् । ‘कुशासन र भ्रष्टाचार सधैं सँगसँगै चलिरहेका छन्,’ मोदीले महात्मा गान्धीको भनाइलाई उद्धृत गर्दै लेखेका छन्, ‘अहिले देशमा कांग्रेसले भ्रष्टाचारलाई आफ्नो पर्यायवाची बनाएको छ ।’

मोदीले यतिमात्र होइन, लोकतन्त्रमा महात्मा गान्धीले वंशवादको विरोध गरेको पनि लेखेका छन् । उनले गान्धीले जे कुरा विरोध गरेका थिए, त्यही कुरालाई मूलमन्त्र बनाएर कांग्रेस अहिले अगाडि बढिरहेको बताएका छन् ।

मोदीले इन्दिरा गान्धीको सरकारले देशमा आपत्कालीन अवस्था लगाएको प्रसङ्ग पनि जोडेका छन् । मोदीले यसरी ब्लग लेखेर कांग्रेसको विरोध गर्नुमा चाहिँ निर्वाचन नै कारण भएको सामाजिक सन्जालमा भारतीय प्रयोगकर्ताहरुको टिप्पणी छ । 





  • प्रकाशित मिति : फागुन २८, २०७५ मंगलबार १९:५५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया