\
बागमती प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ ।
मन्त्रालयले एक सूचना प्रकाशित गर्दै प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आजदेखि १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन सक्नेछन् । जागिर २०८१ असार मसान्तसम्मका लागि हुने पनि सूचनामा उल्लेख गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।