बाबुरामको प्रश्नः विप्लवमाथिको प्रतिबन्ध मजाक कि वियोग ?

काठमाडौं– मंगलबार मन्त्रिपरिषद् बैठकमा सरकारले विप्लवमाथि लगाएको प्रतिबन्धको विषयमा विभिन्न नेताहरुले आआफ्ना धारणा राखिरहेका छन् । सरकारमा रहेको दल नेकपाका कतिपय नेताले पनि यसलाई सरकारको हतारको निर्णय भन्न थालेका छन् । उनीहरुले आफूहरुसँग सल्लाह नगरि यो निर्णय गरिएको आरोप लगाउन थालिसकेका छन् ।

यहीबीच पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका डा बाबुराम भट्टराईले माक्र्सको प्रसङ्ग निकाल्दै सामाजिक सन्जाल ट्विटरमा लेखेका छन्, ‘नेकपा डबल सरकारले नेकपा चन्द समूहलाई अपराधिक भन्दै प्रतिबन्ध लगाएको घटनालाई माक्र्सले भने झैं मजाक भन्ने कि वियोग ?’

सोही ट्विटमा उनले जर्मनीको र पश्चिम बंगालका दुई प्रसङ्ग पनि उप्काएका छन् । सय वर्ष पहिले सन् १९१९ मा जर्मनीको दक्षिणपन्थी एसपिडी दलले रोजा नेतृत्वको वामपन्थी दल पिकेडीमाथि प्रतिबन्ध लगाएको थियो । 

बाबुराम भट्टराईले ट्विटरमा लेखेका छन्–

 





  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार ०:३६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया