३० पुस, २०८२ बुधबार
Jan. 14, 2026

विद्युत् विधेयक छिट्टै संसदमा पेस हुन्छः ऊर्जामन्त्री बस्नेत

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेस गर्ने बताएका छन् । मन्त्री बस्नेतले मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेस हुने बताएका हुन् । उनले सञ्चारकर्मीमाझ सो जानकारी गराएका हुन् ।

ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसदमा पेस गर्न लागेको मन्त्री बस्नेतको भनाइ छ ।



मन्त्री बस्नेतले सो विधेयक चालू संसद् अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत् क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले सो विधेयकलाई चालू संसद् अधिवेशनबाटै पारित गराउने गरी सांसदसँग औपचारिक/अनौपचारिक ढंगले सरकारले छलफल गरिरहेको समेत बताए ।  

‘पार्लियामेन्टमा हामी दर्ता गर्दैछौँ । क्याबिनेटले पार्लियामेन्टमा दर्ता गर्ने निर्णय गरिसकेको छ । त्यसकारण छिट्टै अब हामी विद्युत विधेयक संसदमा पेस गर्छौँ । यही अधिवेशनबाट नै त्यसलाई अन्तिम रूप दिने हाम्रो प्रयास हुनेछ । त्यसअनुसार हामी पार्लियामेन्टका मेम्बरहरूसँग पनि औपचारिक, अनौपचारिक छलफल गरिरहेका छौँ,’ मन्त्री बस्नेतले भने, ‘हाम्रो के विश्वास छ भने यो विधेयकले ऐनको रूप लिइसकेपछि अब ऊर्जा क्षेत्रको उत्पादन वृद्धि गर्नका लागि, प्रशारण लाइनलाई थप विस्तार र व्यवस्थित गर्नका लागि, वितरण प्रणालीलाई गुणात्मक बनाउनका लागि, गुणस्तरीय बनाउनका लागि र यसको निर्यातलाई व्यवस्थित गर्नका लागि मद्दत गर्नेछ । र, यस क्षेत्रको विकासका लागि  र विस्तारको लागि त्यो निकै महत्वपूर्ण हुनेछ, अहिलेको विद्युत् विधेयक भन्ने हामीले विश्वास लिएका छौँ ।’



उनले सरकारले मुलुकको समृद्धि, विद्युतको आन्तरिक खपत र वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्दै लैजान पनि विद्युतीय सवारी साधनको प्रयोग गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पारे । 



  • प्रकाशित मिति : १५ भदौ, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया