[भर्खरै] बेलायती प्रधानमन्त्री थेरेसाकाे ब्रेक्जिट याेजना फेरि अस्वीकृत, अब के हुन्छ ?

एजेन्सी- बेलायती प्रधानमन्त्री थेरेसा मेकाे ब्रेक्जिट सम्झाैता याेजनालाई त्यहाँकाे संसदले अस्वीकार गरेकाे छ । बुधबार भएकाे मतदानमा त्यहाँकाे तल्लाे सदन हाउस अफ कमनमा ब्रेक्जिटमा थेरेसाकाे प्रस्तावलाई स्वीकार गर्ने भन्दै २४२ मत खसे । उनकाे विरुद्धमा ३९१ मत खसे । 

अब बेलायतले इयु कुनै सम्झाैताविना छाेड्ने त भन्ने विषयमा भाेलि फेरी मतदान गर्न मेले आह्वान गरेकी छिन् ।

यस मुद्दामा सांसदहरुले दाेस्रोपटक मतदान गरेका थिए । भोटिङको पूर्वसन्ध्यामा हिजो मात्रै प्रधानमन्त्री थेरेसा मेले स्ट्रासबर्गको भ्रमण गरी युरोपियन कमिसनका अध्यक्ष जिन क्लाउड जंकरसँग भेट गरेकी थिइन् । 

हप्तौँको अन्योलपछि हिजो साँझ यी दुई नेताले ब्रेक्जिटसँगै जोडिने विभिन्न सम्झौताको मोडलबारे सहमतिमा पुगेको घोषणा गरेका थिए । 

बेलायतको संसद्ले प्रधानमन्त्री मेको सम्झौता प्रस्तावलाई अस्वीकार गर्दै पुनःसम्झौता गर्न उनलाई कार्यादेश दिएको थियो । 

ब्रेक्जिटपछि आयरल्यान्डसँगको सिमाना खुला राख्ने या नराख्ने भन्नेमा विवाद छ । योसँगै अन्य केही विवादका कारण कुनै सम्झौताविनै ब्रेक्जिट हुने अवस्था आए यसले बेलायतको अर्थतन्त्रमा गम्भीर असर निम्त्याउने विश्लेषण भइरहेको छ । इयुलाई भने यसले त्यति ठूलो असर नगर्ने बताइन्छ । 



२०१६ को जुनमा बेलायत युरोपियन युनियनबाट अलग हुने या नहुने विषयमा जनमत संग्रह हुँदा अलग हुने पक्षमा (ब्रेक्जिटको पक्षमा) निर्णय आएको थियो ।

आफ्नो नीतिविपरीत नतिजा आएसँगै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएपछि ब्रेक्जिटको पक्षमा वकालत गर्दै आएकी टेरेसा मेको नेतृत्वमा सरकार बनेको थियो ।



तर, त्यसयता प्रधानमन्त्री मेका लागि यो मुद्दा सहज भने भएको छैन । पछिल्लो समय उनले संसद्मा अनेकौँ सवाल र दबाबको सामना गरिरहनुपरेको छ । 

इयुबाट बहिर्गमन हुनुअघि ब्रेक्जिटसम्बन्धी भरपर्दो सम्झौता गर्नु र त्यसका लागि समझदारी जुटाउनु उनका मुख्य चुनौती बनेका छन् ।

  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार १:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया