logo-img

तीन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रतिनिधि र राष्ट्रिय सभाअन्तर्गत आज तीन समितिको बैठक बस्दै छ ।    

प्रतिनिधि सभाअन्तर्गत कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समिति तथा राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।   

दिगो विकासको लक्ष्यअन्तर्गत रहेको लैङ्गिक समानता तथा सामाजिक न्यायको सम्बन्धमा भएका प्रगति विवरणबारे छलफलका लागि दिगो विकास तथा सुशासन समितिको बैठक बोलाइएको छ ।  

यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तुतिबारे छलफल गर्न महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । 



साथै, हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्वपूर्ण विषयहरूको बारेमा छलफल गर्नका लागि कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आजका लागि डाकिएको हो ।

तीनै समिति बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजेपछि बोलाइएको हो । 





  • प्रकाशित मिति : भदौ १७, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया