के भारतले आज मसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंककारी घोषणा गर्न पाउला ?

एजेन्सी– भारतले आतंकवादी संगठन जैस ए मोहम्मदका प्रमुख मसुद अजहरलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा समावेश गर्ने कुटनीतिक प्रयासलाई तीव्र पारेको छ। 

अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घाेषणा गर्न सुरक्षा परिषदमा पेश गरेकाे प्रस्तावकाे समय आज सकिँदै छ । भारतसँग अब केही घण्टा मात्र बाँकी छ । 

भारतकाे सरकारी स्रोतअनुसार यो मामिलामा चीनमाथि विशेषा नजर राखिएको छ, भारत सरकारका अधिकारी सबै युएनएससी सदस्य देशका सरकारको सम्पर्कमा छन् । 

भारतले मसुद अजहरलाई आतंककारीको सूचीमा राख्न गरेको प्रयासलाई भिटो प्रयोग गरी चीनले पटक–पटक विफल गराउँदै आएको छ । 

समाचारका अनुसार भारत भन्छ ‘चीनले कुनै पनि पहल गरेको छैन् । तर समयसीमा सकिने बेलासम्म हामी पर्खिने छौं । यो सूचीमा केही परिवर्तन भएमा पाकिस्तानलाई यसको असर पर्छ ।’

मसुद अजहरलाई आतंकवादी घोषणा गर्ने विषयमा भिटाे प्रयाेग गर्न पाउने समय नेपाली समयानुसार आज राती १२ः४५ मा सकिनेछ । त्यतिबेलासम्म सुरक्षा परिषदका कुनै पनि स्थायी देशले स्पष्टिकरण नमागे मसुद स्वतः अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा समावेश हुन्छन् । अहिलेसम्म कुनै देशले स्पष्टिकरण मागेका छैनन्, तर चीनले हस्तक्षेप गर्छ कि गर्दैनन् त्यो महत्वपूर्ण रहेको छ । 



विज्ञहरुका अनुसार मसुदलाई अन्तर्राष्ट्रिय आतंककारी घोषणा गर्न सबैभन्दा ठूलो अवरोध चीन हाे । 

यदि आज मसुद अजहर आतंककारी घोषित भएमा उनको सम्पत्ति, कुनै कारोबार गर्न पाउँदैनन् र विश्वका कुनै पनि ठाउँमा यात्रा गर्न प्रतिबन्ध हुनेछ । 




  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार १४:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया