\
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस सरकारको मन्त्रालयहरु र मन्त्रीहरुको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिने बताएका छन् ।
बुधबार जनकपुरधाम वडा नम्बर १९ मा कृष्णाष्टमी मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम वडा नम्बर १९मै रहेको ५२ विघामा मधेस सरकारको प्रशासनिक भवन निर्माण गरिने बताए । यसका लागि प्रक्रिया अगाडी बढाइसकिएको उनले जानकारी दिए ।
सरकारका सबै मन्त्रालयहरुको प्रशासनिक भवनका साथै आवाससमेत सोही परिसरमा निर्माण गरिने उनले बताए । मुख्यमन्त्री यादवले मधेस सरकारले सो जग्गाको लालपुर्जा र पत्र प्रधानमन्त्री कार्यालयमा चार महिनाअघि नै पठाइसकिएको उल्लेख गरे ।
प्रधानमन्त्री कार्यालयबाट निर्णय आएलगत्तै प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकारले डिपिआर तयार गरी निर्माण प्रक्रिया अगाडि बढाउने योजना रहेको उनले सुनाए । मधेस प्रदेश सरकारको प्रशासनिक भवन परिसरलाई ‘जनक दरबार’ नामाकरण गरिने पनि उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।