विप्लवलाई चन्दा नदिन आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘नडराउनुस्, लुटेरालाई लुट्न नदिनुस्’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवको नेकपा समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । 

नेपाल नगरपालिका संघको २६औँ स्थापना दिवस कार्यक्रममा यो समूहमाथि लगाइएको प्रतिबन्धबारे बाल्दै प्रधानमन्त्री ओलीले सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार गर्न नसक्ने भएकाले कानुनबमोजिम नियन्त्रण गर्ने निर्णय गरिएको बताए ।

‘राजनीतिक आचरण र व्यवहारका साथ राजनीतिक क्रियाकलापमा आउन सबैलाई बाटो खुला छ,’ उनले भने, ‘तर, आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन पाइँदैन ।’

स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि चन्दाका लागि विप्लवको पत्र आएको सुनेको भन्दै प्रधानमन्त्री ओलीले चन्दा नदिन आग्रह गरे । जनप्रतिनिधिहरुलाई नडराउन ढाडस दिँदै उनले ‘लुटेराहरुलाई लुट्न नदिन’ निर्देश गरे । 





  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार १८:५०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया