एजेन्सी— अष्ट्रेलियाले फिराेज शाह काेटला मैदानमा भएकाे भारतविरुद्धकाे सिरिजकाे अन्तिम खेलमा ३५ रनले जित्दै जित दर्ज गरेकाे छ । याेसँगै सिरिज अष्ट्रेलियाले ३—२ ले जितेकाे छ ।
पाँच खेलकाे वानडे सिरिजमा अन्तिम तथा निर्णायक प्रतिस्पर्धामा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै भारतलाई २७३ रनकाे लक्ष्य दिएकाे थियाे । तर भारतीय टिम २३७ रनमा नै आउट भयाे । अष्ट्रेलियाकाे जितका लागि उस्मान ख्वाजा र पिटर ह्यान्डसकम्ब तथा स्पिनर एडम जम्पले अत्यन्तै राम्राे प्रदर्शन गरे । उनीहरुले क्रमश: शतक, अर्धशतक प्रहार गरे भने जम्पले तीन विकेट लिए ।
भारतका शिखर धवन १२, कप्तान काेहली २०, रिषभ पन्त १६, विजय शंकर १६ रन बनाएर आउट भए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।