logo-img

मोर्चा र कांग्रेस सहकार्य गरेरै अगाडि बढ्छ : उपेन्द्र यादव

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जनता समाजवादी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा र गठबन्धनमा रहेको नेपाली कांग्रेस सँगसँगै सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसलाई साइजमा ल्याउन मोर्चा बनाएको आरोप भ्रम मात्र रहेको भन्दै मोर्चा र नेपाली कांग्रेस सँगसँगै सहकार्य गरेर जाने बताएका हुन् ।

‘यो मोर्चा कांग्रेसलाई साइजमा ल्याउन गरिएको हो भन्ने कुरा भ्रम हो । कांग्रेसका शीर्ष नेताको सल्लाह, सहमति र सहयोगमा नै सहकार्य हुँदै यो मोर्चा बनेको हो,’ यादवले भने, ‘यो मोर्चाले गठबन्धनमा नेपाली कांग्रेससँग सहकार्य गर्दै अगाडि बढ्नकै लागि हो । त्यसैले भ्रमले साथीहरू तर्सिनु भएको भए मुक्त हुनु होला । गठबन्धन र मोर्चा एकअर्काका सहयोगी नै हुन् ।’

उनले संविधानमा सरकार गठनसम्बन्धी विभिन्न विकल्प राख्नु नै त्रुटिपूर्ण भएको टिप्पणी गरे । यादवले सरकार गठनसम्बन्धी व्यवस्था संविधानमै त्रुटिपूर्ण रहेकाले कोशी प्रदेशमा समस्या पैदा भएको बताए ।

‘संसदीय व्यवस्थामा बहुमत, दुई तिहाइ नजिक भएका दलहरू गठबन्धनहरू त धराशायी भए । यो त झिनो मतले अगाडि पछाडि हुने हो । सिस्टममै दोष छ,’ यादवले भने, ‘संवैधानिक व्यवस्थाको संरचनामा पुनर्विचार गर्नुपर्छ, संसदीय व्यवस्था भनेको बहुमत रहेसम्म सरकार बनाउने र नरहँदा हट्ने प्रावधान राख्नुपर्छ । संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण छ ।’ 





  • प्रकाशित मिति : भदौ २५, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया