जन्ती बसमा आगजनी, तीन जना प्रहरी नियन्त्रणमा

धनगढी– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका क्रममा आज बिहान कैलालीको राजीपुर जङ्गल नजिकका सडकमा एक जन्ती बसमा आगजनी गरिएको छ । 

जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति सवार रहेको म १ ख ४४१ नं को उक्त बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर अपरिचित नौ जनाको समूहले डिजेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए । 

भजनीबाट भीमदत्तनगरतर्फ गैइरहेको उक्त बसमा सवार चालक सहचालक सबै सकुशल छन् । आजै बिहान कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीमा रोकिराखेका बस जलाइदिन्छौँ भन्ने समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । 

पक्राउ पर्नेमा कञ्चनपुर बेतकोटका कोषराज भट्ट, भीमदत्तनगरका सुशिला चन्द र डोटी विपीनगरका धनबहादुर बम रहेका छन् । 

यसै गरी कैलालीको जोशीपुर, सुखड र साडेपानीमा बम जस्तो देखिने शंकास्पद बस्तु राखिएको फेला परेपछि स्थानीय जनजीवन आतङ्कित बनेको छ । 

बन्दका क्रममा आज कैलाली जिल्लामा यातायात, शैक्षिक संस्था, उद्योग व्यापार ठप्प रही जनजीवन प्रभावित बनेको छ । 





  • प्रकाशित मिति : फागुन ३०, २०७५ बिहीबार १३:१२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया