काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नै कार्यकालमा प्रहरीभित्रको कमजोरी सुधारेर देखाउने दाबी गरेका छन् । बिहीबार झापामा आयोजित एक कार्यक्रममा खनालले प्रहरीभित्र बेथिति रहेको स्वीकार गर्दै आफू त्यसलाई रोक्न लागिपरेको दाबी गरेका हुन् ।
प्रहरी अधिकारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिँदै उनले जनताको सेवा र शान्ति सुरक्षा कायम गर्ने विषयमा जस्तोसुकै चुनौतीसँग नडराई काम गर्न आग्रह गरे । त्यसका लागि अाफूले सक्दाे साथ र सहयाेग गर्ने उनले बताए ।
जिल्लाका पूर्वप्रहरी कर्मचारीसँगको भेटघाट तथा अन्तर्क्रियाका क्रममा आइजिपी खनालले पूर्वप्रहरी कर्मचारीका समस्या तथा हितका सन्दर्भमा आफू गम्भीर रहेको बताए । अपराध न्यूनीकरण र अपराधीलाई कानुनी दायरामा ल्याउने कार्यमा सहयोग गर्न पूर्वप्रहरीलाई खनालले आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।