काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि पहिलोपटक मुख खोलेका छन् । उनले विप्लव समूहका नेता देख्दा दया लाग्ने बताए ।
विप्लव समूहले आफूलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर माइन्युट गरेको सूचना पाएको भन्दै प्रचण्डले भने, ‘प्रचण्डलाई एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरूले माइन्युट गर्नुभएको छ रे ! टिम पनि खटाउनु भएको छ रे !’
आफूलाई मारेर यो परिर्वतन बच्ने हो त ? भन्दै उनले आफ्ना पूर्वसहकर्मीहरूलाई सम्झिए र भने, ‘ती साथीहरुप्रति साँच्चै माया पनि लागेको छ, दया पनि लागेको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।