logo-img

एसिया कप फाइनल : भारत र श्रीलंका भिड्दै, यस्तो छ हेड टु हेड

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

श्रीलंकामा जारी १६औँ संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । फाइनलमा उपाधिका लागि भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् ।

भारत–श्रीलंकाबीचको खेल दिउँसो ३ः१५ बजेदेखि कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुनेछ ।

श्रीलंका लगातार दोस्रोपटक उपाधि जित्ने दाउमा छ । उसले गत संस्करणमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।

भारत आयोजक श्रीलंकालाई स्तब्ध पार्दै आठौँपटक एसिया कप उपाधि जित्ने रणनीतिमा छ । भारतले जारी प्रतियोगिताको सुपर फोरको शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा गरेको थियो । उसले सुपर फोरको तीनमध्ये दुईमा जित र एक खेलमा हारको सामना गर्यो । 

भारतले पाकिस्तान र श्रीलंकालाई हराउँदै बंगलादेशसँग भने हार बेहोर्न पुग्यो । श्रीलंकाले पाकिस्तानविरुद्ध २ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलको टिकट सुरक्षित गरेको थियो । 



ऊ आज भारतविरुद्ध सुपर फोरमा बेहोरेको हारको बदला लिँदै एसिया कप च्याम्पियन बन्न चाहन्छ । हालसम्म श्रीलंकाले ६ पटक उपाधि जितेको छ । ऊ आज विजेता बन्दै सर्वाधिक उपाधि जित्ने भारतको कीर्तिमान बराबर पनि गर्ने सोचमा छ । 



हेड टु हेड 

एसिया कपमा भारत र श्रीलंकाबीचको हेड टु हेड नतिजा हेर्दा दुवै बराबरीको अवस्थामा छन् । अहिलेसम्म यी दुई टिमले एसिया कपमा २२ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा भारत–श्रीलंकाले ११/११ खेल जितेका छन् । 

समग्र ओडिआई हेड टु हेडको कुरा गर्दा भने भारत अगाडि देखिन्छ । हालसम्म यी दुई टिमले १६६ ओडिआई खेलमा एकअर्काको प्रतिस्पर्धा गरेका छन् । जसमा भारतले ९७ र श्रीलंकाले ५७ खेल जितेको छ । 

११ खेल नतिजाविहीन हुँदा यी दुई टिमबीचको एक खेल भने टाइ भएको छ । 

भारतको सम्भावित प्लेइङ–११ : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, केएल राहुल (विकेटपिकर), इशान किशन, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदीप यादव ।  

श्रीलंकाको सम्भावित प्लेइङ–११ : कुसल परेरा, पाथुम निसान्का, कुसल मेन्डिस (विकेटपिकर), सदीरा समराविक्रमा, चरिथ असालान्का, धनन्जय डी सिल्भा, दासुन शानाका (कप्तान), दुनिथ वेलालागे, कसुन रजिथा, दुशन हेमन्थ र माथीशा पाथिराना ।  

  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया