\


नेप्से परिसूचक ४२ दशमलव १४ अंकले घट्यो
फरकधार / ३१ भदौ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४२ दशमलव १४ अंकले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अंकमा कायम भएको हो ।

आज दुई सय ७८ कम्पनीको ५६ लाख ५९ हजार चार सय ५८ कित्ता सेयर ७२ हजार चार सय ७७ पटक खरिद–बिक्री हुँदा दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक घटेकोमा सबैभन्दा धेरै व्यापार समूहको उपपूचक तीन दशमलव ३३ र वित्त समूह तीन दशमलव ३० प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ४२, विकास बैंक दुई दशमलव ५९, होटल तथा पर्यटन तीन दशमलव २९, जलविद्युत् दुई दशमलव ७९ र लगानी समूहको उपसूचक एक दशमलव ९१ प्रतिशतले घटेको छ । 

त्यस्तै, जीवन बिमा समूहको उपसूचक दुई दशमलव ९७, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ६०, लघुवित्त एक दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बिमा दुई दशमलव ५९ र अन्य समूह एक दशमलव ९९ प्रतिशतले घटेको छ ।



शुभम् पावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य नौ दशमलव २१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै २७ करोड ५४ लाख ७३ हजार ७२ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चार लाख ८७ हजार एक सय ८६ कित्ता सेयर खरिद–बिक्री भएको छ ।



  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार १५:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया