\


६० किलो सुन तस्करी : २९ जनाविरुद्ध मुद्दा दर्ता
फरकधार / ३१ भदौ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । आइतबार तीनजना फरारसहित २९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चारजनालाई फरारको सूचीमा राखी मुद्दा चलाउन प्रतिवेदन तयार पारेकामा सरकारी वकिलले एक चिनियाँ नागरिकलाई तत्काल मुद्दा नचलाउने निर्णय गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी महेशप्रसाद खत्रीले जानकारी दिए । 

यता सिआइबीले मुद्दा नचलाउने निर्णय गरेको रुक्मिना सुब्बालाई भने सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरेको छ । 

अन्य भन्सार एजेण्ट र कर्मचारीलाई मुद्दा चलाउने, तर क्यान्सर रोगी भएकै कारण उनलाई मुद्दा नचलाउँदा राम्रो सन्देश नजाने भन्दै रुक्मिनालाई पनि मुद्दा चलाउने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार १८:७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया