\


गैरीगाउँ सामूहिक हत्या : आरोपित बाेल्न सक्दैनन्, कापीमा लेखेर स्विकारे हत्या
फरकधार / ३१ भदौ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौंको गैरीगाउँमा भएको चारजनाकाे सामूहिक हत्या प्रकरणमा पक्राउ परेका सञ्जय भण्डारीले नै चारैजनाको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेकाे छ। 

हत्यामा संलग्‍न भएको आरोपमा आइतबार बिहान पक्राउ परेका आरोपितले आफूसितको रिसिइबीका कारण चारैजनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। 

आरोपित भण्डारी बोल्‍न सक्‍दैनन् । प्रहरी स्रोतका अनुसार उनले प्रहरीलाई कापीमा लेखेर चारजनाको हत्या आफूले गरेको स्वीकार गरेको हुन्।

उनले मोरङका नवीन राईसँगको रिसिइबीका कारण चारैजनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलको सिसिटिभी र लगाएको कपडाका आधारमा भण्डारीलाई पक्राउ गरेको थियाे । 



तीनकुनेको गैरीगाउँस्थित दिव्य  सःमिलमा कार्यरत दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङका नवीन राईको शुक्रबार राति हत्या भएकाे थियाे । 

प्रहरीले उनीहरुको हत्यामा प्रयाेग भएको धारिलो हतियार 'दाउ' यसअघि नै बरामद गरेको थियो। घटनाबारे जानकारी दिन प्रहरी कार्यालय पुगेका मोरङका दीपेन्द्र राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको हो।



उनी पनि शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेको तर उनको संलग्नता नखुलेको प्रहरीको भनाइ छ।

  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार १८:४४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया