\


संयुक्त राष्ट्रसंघको आग्रह : लिबियामा राहत र उद्धारमा सहयोग गर्नु
फरकधार / १ असोज, २०८०
यो सामग्री सेयर गर्नुहोस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले उद्धार र राहत कार्यमा लिबियालाई सघाउन आह्वान गरेका छन् । 

आइततबार सो क्षेत्रमा पुगेका विशेष प्रतिनिधिले बाढी पीडितको उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् । 

विशेष प्रतिनिधि अब्दुलाये बाथिलिले राजधानी त्रिपोलीमा लिबियाका प्रेसिडेन्सी काउन्सिलका अध्यक्ष मोहम्मद मेन्फीसँगको भेटमा डेर्ना शहर र अन्य क्षेत्रहरूमा बाढीका कारण भएको क्षतिमा शोक व्यक्त गरे । पुनः निर्माणमा श्रोत साधनको सहयोग गरिदिन उनले विश्व समुदायसँग आग्रहसमेत गरे ।  

१० सेप्टेम्बरमा भूम्ध्यसागरीय आँधी डेनियलका काराण् लिबियामा दशकयताकै सबैभन्दा ठूलो बाढी आएको थियो । जसमा अहिलेसम्म ५५ सयले ज्यान गुमाइसकेका छन् भने १० हजार बेपत्ता छन् । 



तेलको धनी लिबिया २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतनपछि पूर्व र पश्चिम प्रशासनमा विभाजित छ । 



  • प्रकाशित मिति : असोज १, २०८० साेमबार १४:२५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया