\


बाढी प्रभावित लिबियाली सहरमा रोगको जोखिम
फरकधार / १ असोज, २०८०
यो सामग्री सेयर गर्नुहोस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

लिबियाको बाढी प्रभावित सहर डेर्नामा एक साताअघि हजारौँको ज्यान जाने गरी फैलिएको बाढीले ‘दोस्रो विनाशकारी सङ्कट’ निम्त्याउन सक्ने खतरा रहेको संयुक्त राष्ट्रसङ्घका निकायहरूले सोमबार चेतावनी दिएका छन् ।

गत सेप्टेम्बर १० मा आएको आँधी ‘ड्यानियल’ का कारण युद्धग्रस्त उत्तरी अफ्रिकी देशमा आएको भीषण बाढीका कारण तीन हजारभन्दा बढीको मृत्यु हुनुका साथै हजारौँ हराइरहेका थिए ।

हैजा, झाडापखाला, निर्जलीकरण (डिहाइड्रेशन) र कुपोषणको बढ्दो जोखिमका बीच ३० हजार व्यक्ति घरबारविहीन भएका बासिन्दालाई स्वच्छ पानी, खाना र आधारभूत आपूर्तिको खाँचो रहेको संयुक्त राष्ट्रसङ्घीय निकायहरूले चेतावनी दिएका छन् ।
स्थानीय अधिकारीहरू, सहायता एजेन्सीहरू र संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य सङ्गठनले ‘रोगको प्रकोपको जोखिम, विशेष गरी दूषित पानी र सरसफाइको कमीबाट चिन्तित रहेको’ चेतावनी दिएको छ ।

तीव्र गतिमा बढिरहेको पानीले डेर्नामा दुई नदीका बाँधहरू फुटायो, जसले गर्दा एक लाख जनसङ्ख्या भएको तटीय सहरको मध्य भागबाट अबेर रातिको ज्वारभाटाको छाल खसेको थियो जसले सम्पूर्ण आवासीय ब्लकहरू भूमध्य सागरमा बगाएको थियो ।



बाल राहत कोष युनिसेफ, शरणार्थी निकाय युएनएचसीआर र विश्व खाद्य कार्यक्रमलगायत संयुक्त राष्ट्रसङ्घका टोलीहरू पनि विगत केही दिनदेखि डेर्ना र आसपासमा पीडितको सहयोगका लागि पुगेका छन् । 

युनिसेफको टोलीले ‘तीन महिनाका लागि १५ हजार मानिसहरूलाई सहयोग गर्न प्राथमिक हेरचाह सेवाहरूमा मेडिकल किटहरू’ वितरण गरेको छ भने यूएनएचसीआरले डेर्ना र बेन्गाजीका छ हजार २०० विस्थापित परिवारहरूलाई कम्बल, त्रिपाल र भान्साका उपकरणहरू सहितका सामग्रीहरू वितरण गरेको राष्ट्रसङ्घीय सहायतासम्बन्धी अभियानले जनाएको छ ।  



  • प्रकाशित मिति : असोज १, २०८० साेमबार १७:३५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया