\
आज आश्विन संक्रान्तिका दिन विश्वकर्मा पूजा मनाइएको छ ।
हरेक वर्ष असोज १ गते मनाइने यो पर्वको अवसरमा आज घर तथा कार्यालय तथा सवारी ग्यारेजमा आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको हो ।
विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । वास्तुशास्त्री, इञ्जिनियर, कालीगढ आदिले यो दिवस हर्सोल्लासपूर्वक मनाउने चलन छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।