ब्वायफ्रेन्डलाई चक्कु हानेर भनिन् ‘म तिमीलाई धेरै माया गर्छु’

एजेन्सी– एक गर्लफ्रेन्डले आफ्नाे ब्वायफ्रेन्डलाई चक्कु प्रहार गरिन् । चक्कु हानेपछि उनले घाइते भएका ब्वायफ्रेन्डलाई न मर्न आग्रह गरिन् ।

मेक्सिकाेकाे शहर ओक्साकामा चलचित्र शैलीमा भएकाे घटनाकाे दृश्य देखिरहेका वरिपरिका मानिसले यसकाे भिडियाे बनाए र अहिले याे भिडियाे सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । 

ती युवतीले आफ्ना प्रेमीलाई ‘म तिमीलाई मार्न चाहन्न, म तिमीलाई धेरै माया गर्छु’ भन्दै राेइरहेकाे भिडियाेमा देख्निन्छ । 

२२ वर्षिया साेनिया अमरयानी र २९ वर्षीय इरिक ओमार मेक्सिकाकाे हाेटल ला कास्काडाबाट बाहिर निस्किएपछि यिनीहरुबीच झगडा सुरु भएकाे थियाे । झगडाकाे क्रममा रिसाएर साेनियाले इरिककाे पेटमा चक्कु प्रहार गरिन् । 

यसकाे केही समयपछि एम्बुलेन्स घटनास्थल पुग्याे र ती घाइते युवकलाई अस्पताल लिएर गयाे । र घटनाकी आराेपी युवतीलाई प्रहरीले गिरफ्तार गरेकाे छ । 





  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार ९:४०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया