\
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताको अधिकार सुनिश्चितताको लागि काम गर्नुपर्ने बताएका छन् ।
मंगलबार गणेशमान सिंहको २६औँ स्मृति दिवसको अवसरमा उनले सरकारले र दलहरू मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्ने बताएका हुन् ।
‘जनताको अधिकार सुनिश्चित हुनुपर्छ । र जनताको दैनिकी जीवन सहज हुनुपर्छ । जीविकोपार्जनको लागि सहज हुनुपर्यो यो सरकारले र दलहरूले यस्ता कार्यमा जोड दिनु पर्छ,’ सिंहले भने ।
गणेशमान सिंहले जस्तै सुशासनको बारेमा र जनतालाई केन्द्रविन्दुमा राखेर कार्यक्रमहरू अगाडि लानुपर्ने उनको भनाइ छ ।
अवसर नपाएका वर्गलाई समावेश गरेर अगाडि लैजानुपर्नेमा सिंहले जोड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।