logo-img

नेपालको संविधानमा ‘सुवास’ बाँचिरहनुहुनेछ : नीलाम्बर आचार्य

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्यले नेपालमा भएका न्यायपूर्ण आन्दोलन, लोकतन्त्र र नेपालको संविधानमा सुवासचन्द्र नेम्वाङ सधैँ बाँचिरहने बताएका छन् । 

मंगलबार संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा (एमाले)द्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’मा आचार्यले एमालेको नेता भएर नेपाली राजनीतिमा सबैले रुचाएको प्रिय व्यक्तिका रूपमा स्मरण गर्दै उनले सुवास नेपालको संविधानमा जीवन्त रहने बताए । 

उनले भने, ‘नेपालको संविधान सम्झनासाथ त्यसलाई कार्यान्वयन गर्न सक्दासम्म वा कार्यान्वयनमा कठिनाइ हुँदा पनि हामीले सुवासजीलाई सम्झन्छौँ । नेपालको संविधानमा सुवासजी बाँचिरहनुहुनेछ । त्यति मात्रै होइन, नेपालको लोकतन्त्रमा, नेपालका न्यायपूर्ण आन्दोलन जेजे हुन्छन्, त्यसमा उहाँ बाँचिरहनुहुनेछ ।’

पञ्चायत कालबाटै सुवाससँग आफ्नो चिनजान र नजिकको सम्बन्ध रहेको बताएका आचार्यले सुवासजस्तो असल नेता पाएकामा एमालेलाई भाग्यमानी पार्टी भएको टिप्पणी पनि गरे ।





  • प्रकाशित मिति : असोज २, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया