\


दबाब र भावनामा बगेर संविधान संशोधनका लागि हतारो गर्नुपर्दैन, आवश्यकता र औचित्य हेरेर गर्नुपर्छ : केपी ओली
फरकधार / २ असोज, २०८०
यो सामग्री सेयर गर्नुहोस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हतार गरेर संविधान संशोधन गर्नुपर्ने अवस्था नआएको बताएका छन् । हतारमा भन्दा गम्भीर रुपमा छलफल गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने उनले बताए ।
 
मंगलबार संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा ओलीले संविधान संशोधन गर्नुपर्ने आवाज उठिरहेका उनले तत्काल हतार गरेर संविधान संशोधन गर्नुनपर्ने बताएका हुन् । 

उनले भने, ‘एउटा हिसाबले संविधान संशोधन गर्ने बेला भएको छ कि छैन भन्ने कुरामा के लाग्छ भने अहिले पनि गम्भीरताभन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित र आयातीत कुराहरुबाट प्रेसर गर्ने खालका प्रवृत्तिहरु देखिइरहेका हुनाले र अनेक प्रकारका बेठिक उद्देश्यहरु देखिएको हुनाले तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नचाहिँ बिर्सन हुँदैन । त्यसकारण यसमा कुनै हतारो गर्नुपर्ने अवस्था आएको छैन ।’
 
दबाब र भावनामा बगेर भन्दा आवश्यकता र औचित्यलाई पुष्टि गर्ने गरी संविधान संशोधन गर्नुपर्नेमा उनको जोड छ । तर, संविधान संशोधन नै गर्न नहुने भन्नेमा आफूहरु नरहेको ओलीको भनाइ छ ।  

‘तत्कालीन आवश्यकतालाई हेरेर हामीले दुइचोटि एउटा–एउटा विषयमा मात्रै संविधान संशोधन गर्यौँ । अब संविधान संशोधन गर्दा हामीले अलि मिहिनेत गरेर तत्काल चाहिएको एउटा विषय मात्र होइन, केही विषयहरु जो राम्रै छलफल गरेर संविधान संशोधन गर्नुपर्ने हुन्छ,’ उनले भने । 





  • प्रकाशित मिति : असोज २, २०८० मंगलबार १८:३१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया