सरकारको प्रतिबन्ध र विप्लवको हिंसा दुवै गलत : जनार्दन शर्मा

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य जनार्दन शर्माले सरकारको प्रतिबन्ध र विप्लवको हिंसा दुवै गलत भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दे पूर्वगृहमन्त्री समेत रहेका शर्माले उक्त कुरा बताएका हुन् । 

सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध र विप्लवबाट भइरहेका हिंसात्मक गतिविधिलाई लिएर नेकपाभित्रै मतान्तर बढिरहेका बेला नेता शर्माले दुवैको कार्यशैली गलत भएको टिप्पणी गरे ।

उनले भने, ‘प्रतिबन्ध समाधान होइन, बम पडकाउनु त झन हुँदै होइन, चाहिएको समाधान हो । संविधान भित्रै मत,जनमत र अभिमत मार्फत खोजौं आ–आफना समाधान ।’ 

शर्माले दुवै पक्षलाई  संविधानमार्फत पछिल्लो समस्याको निकास निकाल्न पनि सुझाएका छन् ।

हेनुहोस् शर्माको ट्वीट 




 




  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार १२:५३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया