विप्लवसँग वार्ता गरः कोक्याप

काठमाडौं– शान्तिका लागि साझा अभियान (कोक्याप)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । वार्ताको प्रयास नगरिकन सो पार्टीमाथि अकस्मात् लगाइएको प्रतिबन्धले नेपाली जनता सम्भावित द्वन्द्वको त्रासमा परेको सो संस्थाको ठहर छ ।  

लोकतान्त्रिक संविधानमार्फत जननिर्वाचित सरकारले गर्ने निर्णय र लिने कदम सदैव लोकतान्त्रिक नै हुनुपर्नेमा (कोक्याप)ले जोड दिएको छ । 

 ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशका विभिन्न स्थानमा अशान्ति फैलाउने गरी बन्द, हडताल, आगजनी तथा बम विस्फोटन गराउनेजस्ता क्रियाकलापबाट सर्वसाधारण नागरिकमा त्रास फैलिएको उल्लेख गर्दै कोक्यापले यस्ता क्रियाकलाप बन्द गर्न सो पार्टीलाई आग्रह गरेको छ ।  (कोक्याप)को भनाइ छ । 






  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार १५:२३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया