logo-img

शिक्षकलाई खुसी पार्न संविधान विपरीत ऐन बनाउन सकिँदैन : कानुन मन्त्री गुरुङ

कानुन मन्त्री धनराज गुरुङले शिक्षकलाई खुसी बनाउने नाममा संविधान विपरीत ऐन बनाउन नसक्ने बताएका छन् । 

कानुन मन्त्रीसमेत रहेका कांग्रेस उपसभापति गुरुङले सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा संघीयता कार्यान्वयनको समस्या,  शिक्षा विधेयकमा देखिएको भन्दै शिक्षकलाई खुसी बनाउने नाममा संविधान विपरीत ऐन बनाउन नसक्ने बताएका हुन् । 



उनले भने, ‘हामी संघीयतामा गयौँ तर वास्तवमा अङ्गीकार गर्न नसकेको कुरा यही शिक्षा विधेयकमा पनि देखियो । शिक्षकहरूलाई सम्बोधन गर्नुपर्छ त्यो हो । तर शिक्षकलाई खुसी पार्ने सन्दर्भमा हामीले बनाएको संविधान विपरीत ऐन बनाउन मिल्छ कि मिल्दैन ? हामी त्यस्तो मानिस होइन जसले संविधान भन्दा माथि कानुन बनाउन सक्दैनौ यो कुरा प्रस्ट हुनुपर्छ त्यसैले शिक्षकलाई ह्याप्पी बनाउने नाममा संविधानलाई मिचेर संविधान विपरीत ऐन बनाउन सकिँदैन । यो कुरा भन्नै पर्छ ।’

उनले आम माफी दिने सन्दर्भमा आफ्नो नाम जोडेर राजीनामा समेत माग गर्दै विभिन्न समाचारहरू आएको भन्दै आपत्ति जनाए । 
 





  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार १७:४५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया