विश्व सम्पदाको प्रर्वद्धनका लागि रक्तदान अभियान

काठमाडौँ– ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाले युनेस्कोले परिचालन गराएको विश्व सम्पदा सांस्कृतिक सम्पदाहरूको परिचय प्रर्वद्धनका साथै रक्तदान गरौं भन्ने सचेतनाको विकासका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा ब्लोदान काठमाडौं शाखाले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो ।

सोही उद्देश्यले गत जेठ २६ गतेदेखि हालसम्म विश्व सम्पदा क्षेत्रमा सूचिकृत स्वयम्भु, पशुपति, बौद्ध, चाँगुनारायण, काठमाडौं दरबारक्षेत्र, पाटन दरबारक्षेत्र, भक्तपुर दरबार क्षेत्र र लुम्बिनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको ब्लोदान काठमाडौं शाखाले जानकारी गराएको छ ।

ब्लोदान काठमाडौं शाखाका सचिव अनिल रत्न तुलाधारको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै ब्लोदानका केन्द्रिय समितिका उपाध्यक्ष सुर्यलाल महर्जनले ब्लोदानले आगामी नीति तथा कार्यक्रमबारे प्रकाश पारेका थिए । उनले आगामी दिनमा आफूहरूको संस्था ब्लोदानलाई पनि संघीय संरचनाअनुसार अघि बढाउने अन्तिम तयारी भैसकेको जानकारी दिए । 

देशभरि रक्त अभाव हुन नदिन र मागलाई परिपुर्ति गर्नेगरि संस्थाले चनचेतनामूलक कार्यक्रमहरू अघि सारेको पनि महर्जनले विश्वास दिलाए । महर्जनले अहिलेसम्म सय पटक रक्तदान गरिसकेका छन् । उनले सम्पदा संरक्षण तथा प्रर्वद्धनको लागि काठमाडौं शाखाले आयोजना गरेको कार्यक्रमअन्तर्गत लुम्बिनीमा सम्पन्न रक्तदानमा सहभागी जनाउँदै सय पटक दान गरेको जनाए । 

उनले थपे,‘रक्तदानको लागि ब्लोदानले यसको स्थापनाकालदेखि नै सशक्त रूपमा अभियान चलाउँदै आएको छ, आगामी दिनमा पनि हामी यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्छौं ।’

कार्यक्रममा ब्लोदान काठमाडौंका सचिव तथा कार्यक्रमका संयोजक अनिल रत्न तुलाधारले नेपालमात्रै नभएर भारत, बंगलादेश, पाकिस्तान, चीनलगायतका विश्वका जुनसुकै देशमा नेपालबाट रगत उपलब्ध गराईरहेको सुनाए । 



उनले भने,‘हामीले नेपालबाट रगत दान गरिसकेका छौं । हाम्रो संस्थाकै समकक्षी भारतीय संस्थाहरूको सहयोगमा रगत उपलब्ध गराउने काम भैरहेको छ। यो खुशीको कुरा हो ।’

त्यस्तै उनले आफूहरूले भाईवर, ईमो, फेसबुक मेसेन्जरलगायतका सामाजिक सञ्जालमार्फत रगत उपलब्ध गराउँदै आएको जानकारी दिए । उनले रगत आवश्यक भएमा ‘ं+९७७–९८५१०–२६६४०’ मा उल्लेखित सामाजिक सञ्जालमार्फत जोडिन आग्रहसमेत गरेका छन् । 



त्यस्तै कार्यक्रममा हांस्यकलाकार श्रीकृष्ण सिंखडाले सरकारले रक्तदान कार्यक्रमबारे त्यति ध्यान नदिएकोमा गुनासो पोखे । उनले भने,‘राज्यले अब रक्तदानबारे पनि विशेष ध्यान दिनुपर्छ । अहिले महत्व नदिएकोजस्तो मलाई लागेको छ, यस्ताखाले कार्यक्रमको प्रचार–प्रसारमा सरकारले पहलकदमी लिनुपर्छ ।’

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं शाखाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘रोटरी, लायन्सजस्ता विभिन्न संघ÷संस्थाहरूको सहयोगबाट सम्पन्न कार्यक्रमबाट रगतको तत्कालिन व्यवस्थापनमा सहयोग पुर्याउन सफल भएको जानकारी गराउँदछौं ।’

कार्यक्रममा ब्लोदान केन्द्रिय सदस्य खेम मरासिनीले पनि आफ्नो कुरा राखेका थिए । कार्यक्रमको सञ्चालन ब्लोदान काठमाडौं शाखाका सदस्य जनक कुमार खड्काले गरेका थिए । 

ब्लोदान विगत तीन दशकदेखि नेपाल सरकारद्धारा निर्दिष्ट गरिएको राष्ट्रिय नीतिको राष्ट्रव्यापी कार्यान्वयनसहित राष्ट्रिय रक्त कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाईटीलगायत सरोकार पक्षहरूसँग सहकार्य गर्दै आएको छ । 
 

  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार ८:१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया