फेसबुकमा अब भाइरल हुँदैनन् अश्लिल तस्बिर र भिडियो

एजेन्सी– सामाजिक सञ्जालमा हुने यौनहिंसालाई रोक्न फेसबुकले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गरी एक टुल तयार गरेको छ, जसले फेसबुकमा पाेस्ट भएका अश्लिल फोटो र भिडियो खोजेर आफैं डिलिट गर्नेछ ।

एआइ नामकाे यो टुल विशेषगरि बदला लिने उद्देश्यले पोस्ट गरिएका अश्लिल तस्बिरलाई भाइरल हुनबाट रोक्न सहयोग गर्छ । 

यो मेसिन लर्निंग टुलले फेसबुकमा पोस्ट भएको भिडियो तथा तस्बिर कुन उद्देश्यले गरिएको हो भन्ने पत्ता लगाउँछ अनि पोस्ट गलत भएको निश्चित भएपछि उक्त टुलले आँफै डिलिट गर्छ । 

कम्पनीका अनुसार यस किसिमको पोस्टबाट पीडित मानिसका कन्टेन्ट मोडरेटर रिभ्यु गर्नुभन्दा अगाडि यो प्लेटफर्मबाट डिलिट गर्नु पहिलो आवश्यकता हुन्छ । 

साइबर एक्सपर्टका अनुसार फेसबुक यो टुललाई ह्युमन फिल्टरको रुपमा प्रयोग गर्छ, जुनले अश्लिल कन्टेन्ट भाइरल हुनबाट रोक्छ । 

फेसबुक अश्लिल कन्टेन्टको सवालमा धेरैपटक प्रयोगकर्ताको विरोधको शिकार भएको छ । यसकारण पनि फेसबुकले याे टुल बनाउने निर्णय गरेको हो ।यसको प्रयोग इन्स्टाग्राममा हुनेछ । 



फेसबुकले डेटा लिक विवादमा आएपछि कुनै पनि प्रयोगकर्ताकाे अन्तरंग तस्बिर सार्वजनिक गर्न त्यति मन लगाइरहेको छैन् । 



  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार १०:३५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया