म्याग्दी— यसपटक एसइइ परीक्षामा सहभागी हुने छात्राहरुलाई प्रश्नपत्र सँगै स्यानिटरी प्याड पनि दिने तयारी गरिएको छ । १० चैतबाट सुरु हुने परीक्षाका लागि स्यानिटरी प्याड पनि दिने तयारी गण्डकी प्रदेश सरकारले गरेको हो ।
गण्डकी प्रदेशको शिक्षा मन्त्रालयको विभागीय अधिकारी तुलसा अर्यालका अनुसार महिनावारी हुँदा छात्राहरुले स्कुल छाड्ने गरेकाले यो अभियान सुरु गरिएको हो । यसका लागि १५ हजार बजेट यसपटकका लागि छुट्ट्याइएको उनले जानकारी दिएकी छिन् । ‘एसइइ परीक्षामा सहभागी छात्राहरुलाई कुनै समस्या नहोस् भनेर यसो गरिएको हो,’ अर्यालले भनिन् । यसपटक म्याग्दीबाट १ हजार १ सय ११ जना छात्राहरुले परीक्षा दिँदैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।