बच्चालाई स्वास्थ्य राख्न मन छ ? दैनिक स्कुल पठाउनुहोस्

एजेन्सी– बच्चाहरुलाई फिट बनाउन मन छ भने उनीहरुलाई दैनिक स्कुल पठाउनु पर्छ । अमेरिकी शोधकर्ताका अनुसार केही अघिमात्र भएको अनुसन्धानमा बच्चाहरुको फिटनेस र स्कुल नियमित हुनुको विशेष सम्बन्ध हुन्छ । 

अमेरिकाको मियामी डेड कन्ट्रीमा गरिएको यो अध्ययनअनुसार दैनिक स्कुल जाने बच्चाहरुको शारीरिक स्वास्थ्य राम्रो देखियो । यो अध्ययन ६ देखि ८ कक्षासम्म पढ्ने ३ हजार बच्चाहरुबीच गरिएको थियो । उनीहरुको नियमितता, सामाजिक तथा आर्थिक स्थितिलाई आधार बनाएर गरिएको अध्ययनले यो निष्कर्ष निकालेको हो । अध्ययनपछि के पाइयो भने जुन बच्चाको फिटनेस राम्रो थियो, त्यो बच्चाको उपस्थिति पनि नियमित थियो । 

सन् २००५ मा गरिएको अर्को एक अध्ययनअनुसार जो बच्चाहरु खेलकुदमा भाग लिन्थे, उनीहरुको स्वास्थ्य अवस्था राम्रो थियो । 





  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार ११:२७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया