श्रेष्ठको निधनप्रति कांग्रेसले गर्याे दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलले पूर्वप्रमुख सचेतक एवं कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । 

प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार शोक विज्ञप्तिमार्फत दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । 

केन्द्रीय सदस्य श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको शनिबार ९९ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । 

विसं २००७ देखि काङ्ग्रेसमा आबद्ध भई सक्रिय राजनीतिमा लागेका स्व. श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा देखाएको सक्रियता सबैका लागि अनुकरणीय रहेको विज्ञप्तिमा उल्लेख छ । 

स्व. श्रेष्ठको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै प्रमुख सचेतक खाँणले उनले आफ्ना सन्ततिलाई सदैव आमनागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आएको र आफू पनि सामाजिक कार्यमा संलग्न रहेको बताएका छन् । 





  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार १५:११:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया