logo-img

ऐरीलाई महानिरीक्षकको बधाई

नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहेका राष्ट्रिय खेलाडी दीपेन्द्रसिंह ऐरीलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बधाई ज्ञापन गरेका छन् । 

ऐरीले मित्रराष्ट्र चीनमा भइरहेको १९औँ एसियन खेलअन्तर्गत टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड राख्न सफल भएको भन्दै प्रहरी महानिरीक्षक कुँवरले बधाई ज्ञापन गरेका हुन् । 



सन् २०२३ सेप्टेम्बर २७ मा मंगाेलियाविरुद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरुष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै नाै बलमा अर्धशतक पूरा गरी उनले कीर्तिमान कायम गरेका थिए । 

प्रहरी महानिरीक्षक कुँवरले आज नेपाल प्रहरीको तर्फबाट कप्तान ऐरीलाई हार्दिक बधाई दिनुको साथै नेपाली खेलाडीलाई सफलताको शुभकामना व्यक्त गरे । 

चीनमा भइरहेको १९औँ एशियन गेम्समा नेपाल प्रहरीको तर्फबाट पुरुष क्रिकेट, कराते, महिला फुटबल, टेबलटेनिस, तेक्वान्दो, उसु, जुडो, बक्सिङ, ब्याडमिण्टन, कबड्डी, आर्चरी, महिला भलिबल, पुरुष भलिबल, एथ्लेटिक्स तथा भारोत्तोलनलगायत खेलमा ४७ खेलाडी सहभागी छन् ।





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १७:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया